सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

दामसकस, १४ फागुन अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ ।अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो ।इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड क्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो ।
बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ ।

सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ ।
देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो ।
कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ)लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदैआएको छ ।
(रासस÷सिन्ह्वा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here