सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न

काठमाडौँ, ९ माघ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सञ्चालित सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न भएको छ ।तालीम व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै महाशाखाका प्रमुख नारायणसिंह खड्काले प्रशिक्षण आफैँमा साध्य नभई साधन मात्र भएकाले प्रशिक्षणको समयमा दिइएका ज्ञान सीप कार्यक्षेत्रमा सहयोगी हुने बताउनुभयो ।उहाँले प्रशिक्षणमा हासिल गरेका कुरालाई व्यवहारमा लागू गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । माघ २ गतेदेखि सञ्चालित एकहप्ते तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here