हाँडीगाँउ जात्रा सुरु

काठमाण्डौँ , २८ असोज ।
काठमाडौको हाँडीगाँउमा कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट तीनदिनसम्म हाँडीगाँउ जात्रा मनाउने प्रचलन सुरु भएको छ । रथको गजुर तलपारी गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरेर जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ ।

रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भिड लाग्ने गर्दछ । जात्रा परापूर्वकालमा त्यहाका राजाका छोरी राजकुमारीले सत्यनारायणको अपहेलना गरेकोले राजकुमारीले १४ वर्षसम्म सुत्केरी हुन नसकेकोले यो जात्रा गरेपछि सुत्केरी भएको भन्ने जनआस्था रहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here