हावाहुरीले छाना उडाएपछि टहरामा बास

बनेपा, ५ वैशाख

बिहीबारको हावाहुरीले घरको छाना उडाएपछि बनेपा नगरपालिका–९ मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको परिवार नजिकैको जस्ताको टहरामा बस्न बाध्य भएको छ । हावाहुरीले ढुङ्गामाटोले बनेको घरको छाना उडाएसँगै परेको असिनापानीले घरको अन्नपात र लत्ताकपडासमेत भिजेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवर चौ प्रधानले बताउनुभयो ।

हावाहुरीले घरको छाना उडाएर असिनापानीले सबै भिजेर समस्यामा परेका मगर परिवारलाई तत्काल त्रिपालको व्यवस्था गरेर नजिकैको टहरामा बस्ने व्यवस्थाका लागि सहयोग गरेको प्रधानले उल्लेख गर्नुभयो । स्थानीय बासिन्दा महेश्वर थापामगरका अनुसार हावाहुरीले मगर गाउँमा रहेका करिब १५÷१६ टहरासमेत उडाएकामा रमेश र बैजुको घरमा धेरै क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार हावाहुरीले घरको छाना उडाउँदा करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here