हिमपातका कारण चीनमा दश जनाको मृत्यु

बेईजिङ, २१ पुस मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ । यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झण्डै दुई सय जना विस्थापित भएका छन् भने एक सय जना भन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार झण्डै दुई सय घर ध्वस्त भएको र अरु चार सय घरमा क्षति पुगेको छ । खराब मौसमले झण्डै १३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेको छ । त्यसमध्ये नौ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here