होटल व्यवसायी सङ्घमा पुनः अर्याल

भदौ २० ।

रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले पुनः देवेन्द्र अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार सदस्यहरुमा अरुण लामा, सुमन कार्की, गङ्गा खड्का, सरिता पौडेल, रुपक तिमल्सिना, पप्पु तिवारी, वीरेन्द्र साह र रामयण साह रहेका छन् भने वरिष्ठ सल्लाहकारमा खड्ग बम्जन तथा विनोद गुप्तालाई चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here