होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु


होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ ।
सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ । मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । रक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा मानवीय घटनाप्रति हामी स्तब्ध रहेको बताउनु भएकोछ ।
महिला कारागारमा हालैका वर्षहरूमा हत्या(हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना स्तब्धू भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन कडा कदमू चाल्ने बताउँनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here