दशैँमा १८ लाखभन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ, १७ असोज ।
दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १८ लाख भन्दा बढि यात्रु बाहिरिएका छन् । यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १८ लाख भन्दा बढि यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शनिबारबाट फूलपाती शुरु हुने भएकाले यात्रुको संख्या शुक्रबार र शनिबार निकै बढ्ने अनुमान गरिएको छ । नागढुङ्गा क्षेत्र लगाएतका नाकामा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको महाशाखाले जनाएको छ ।

चाडवाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । यता सवारी चालकहरुले पनि यातायात कम्पनीको नियमानुसार नै सिटभन्दा बढि यात्रु नराखि यात्रा गराइएको बताएका छन् । तर यात्रुहरुले आफूहरुले घर जान गाडी नै नपाएको र भएको गाडीमा पनि निकै कष्टपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here