पाँचखाल नगरपालिका मोतियाविन्दु मुक्त बन्दै

बनेपा, १२ माघ
पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन् । पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक संघको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो । नेपालस्थित किस्तानी राजदूत डा.मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक संघका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । यसैबीच युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाज कल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थाल्नुभएको हो । नगरप्रमुख खरेलले केन्द्रको शुभारम्भ गर्नुहुँदै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here