पाल्पामा निषेधाज्ञा जारी

रामपुर (पाल्पा), १२ चैत 
सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।

निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रामपुरमा २० शैय्याको क्वारेन्टाइन कोरना भाइरस (कोभिड– १९) सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here