महिलाको फ्रेन्चाईज क्रिकेट

काठमाडौँ, ३० असोज ।
क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा, १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटिएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । पोखराको यो पहिलो खेलमा पहिलो हार हो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् भने उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here