पाको उमेरमा संस्कृत सिक्ने चाहना बढ्दै

काठमाडौँ, १२ माघ
उमेरमा संस्कृत भाषाको अध्ययन गर्न नपाई पाको उमेरमा प्रवेश गर्दा गल्ती गरिएछ भनी पछुताउनेका लागि नेपाल आर्य समाजले तीनमहिने भाषा प्रशिक्षण शुरु गर्ने भएको छ । विभिन्न पेशा र व्यवसायमा संलग्न वरिष्ठ मानिसबाटै यस्तो गुनासो आउन थालेपछि पहिलो चरणमा सामान्य रुपमा संस्कृत बोलचाल र नीति वचनका श्लोकको अभ्यास गर्न सिकाउने उद्देश्यले बेलुकी ४ः३० देखि ५ः३० बजेसम्म कार्यक्रम शुरु गर्न लागिएको समाजका अध्यक्ष माधवप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । कार्यक्रम यही माघ १८ गते शनिबारदेखि शुरु हुने जनाइएको छ । संस्कृत र संस्कृतिको जगेर्नाका लागि प्रशिक्षण आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here