साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २२ फागुन साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३÷७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२÷७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो ।कर्पाेरेशनको आज यहाँ सम्पन्न ५१आँै साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँलगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पाेरेशनले चालू आवको माघ मसान्तसम्ममा रु छ अर्ब ६६ करोड कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा रु पाँच अर्ब ४१ करोडको कारोवार भएको थियो । चालू आवमा कर्पाेरेशनले रु १० अर्ब करोवार गर्ने लक्ष्य राखेको छ ।कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।साधारणसभामा कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताउनुभयो ।कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिनुभयो । उहाँले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पाेरेशनले उच्च प्राथमिता दिएको बताउनुभयो । पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्छन् ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here