नेपालमा निको हुँदै एक कोरोना सङ्क्रमित

बागलुङ, ५ वैशाख 

कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको र थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउने धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

महिला १५ दिनदेखि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको पोखरेलले बताउनुभयो । हाल उनलाई उच्च रक्तचाप र दमको मात्र पुरानै औषधी चलाइएको छ । उनीसँगै बेल्जियमबाट फर्किएकी अर्काे सङ्क्रमित बागलुङ–४ की १९ वर्षीया युवतीको चौथो जाँचको रिपोर्ट भने पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here